Like us!
Follow us!

नेपाल पुनर्बीमा कम्पनीद्वारा लाभांश घोषणा, बोनस कति ?

नेपाल पुनर्बीमा कम्पनीद्वारा लाभांश घोषणा, बोनस कति ?

लगानी खबर, काठमाडौं - नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ।

कम्पनी हिजो (असार ७ गते, सोमबार) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफा र सेयर प्रिमियमबाट चुक्तापुँजी १ अर्ब रुपैयाँको २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो। जसमध्ये १६.५ प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश (लाभांश करसहित) रहेका छन्। 

प्रस्तावित लाभांश नेपाल सरकार र बीमा समितिबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरेपछि वितरण गरिनेछ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।