Like us!
Follow us!

राधी विद्युतले डाक्यो वार्षिक सभा, हकप्रद निष्काशन गर्ने मुख्य एजेण्डा

राधी विद्युतले डाक्यो वार्षिक सभा, हकप्रद निष्काशन गर्ने मुख्य एजेण्डा

लगानी खबर, काठमाडौं - राधी विद्युत् कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ ।  कम्पनीको असार ७ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार कम्पनीको सभा असार २९ गते कम्पनीको केन्द्रिय कार्यालय, त्रिपुरेश्वरमा, काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सुरु हुनेछ । 

सभाले संचालक समितिको बैठकले गरेको निर्णयानुसार आफ्ना सेयरधनीहरुलाई चुक्तापूँजीको ३६.५ प्रतिशत बोनस सेयर (कर बाहेक) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, बोनस सेयर जारी गरे पश्चात कायम हुने चुक्तापूँजीको १४७.४२ प्रतिशत (१:१.४७५२) को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।

त्यसैगरी, सभामा संचालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारित गरिनुका साथै लेखापरिक्षकको नियुक्ति गरी निजको पारिश्रमिक पनि निर्धारण गरिनेछ । 

सभाको अन्य प्रस्तावमा नियामक निकायहरुको निर्देशनमा प्रबन्धपत्र तथा नियमावलीका प्रस्तावित संशोधनहरुमा परिमार्जन तथा थपघट गर्न आवश्यक भएमा सो गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने रहेको छ ।

कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि असार १५ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असार १४ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:- 

60d15c3d50702.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।