Like us!
Follow us!

सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमको इकाई असार १६ गतेदेखि बजारमा आउँदै

सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमको इकाई असार १६ गतेदेखि बजारमा आउँदै

लगानी खबर, काठमाडौं - सिद्धार्थ क्यापिटल लिमिटेडले २० करोड रुपैयाँ बराबरको सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ ।   

सिद्धार्थ म्युचुअल फण्ड अनतर्गत सञ्चालन हुने उक्त योजनाले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा २० करोड रुपैयाँ बराबरको २ करोड इकाई असार १६ गतेदेखि बिक्रीमा ल्याउन लागेको हो ।

उक्त इकाईमा छिटोमा असार २० र ढिलोमा असार ३० गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले उक्त इकाई खरीदका लागि न्यूनतम १०० कित्तादेखि अधिकतम २० लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।

फण्डको उक्त इकाई धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ । साथै, आवेदकले धितोपत्र बोर्डबाट आस्बा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन् । 

क्यापिटलले यो योजना सञ्चालनका लागि नेपाल धितोपत्र बोर्डबाट जेठ २७ गते स्वीकृति पाएको थियो ।
 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।