Like us!
Follow us!

नेप्सेमा नेपाल एग्रो लघुवित्तको मूल्य समायोजन, समायोजनपछिको भाउ कति ?

नेप्सेमा नेपाल एग्रो लघुवित्तको मूल्य समायोजन, समायोजनपछिको भाउ कति ?

लगानी खबर, काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयरपछिको सेयर मूल्य समायोजन भएको छ । 

नेप्सेले कम्पनीको १४ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको गरको हो । कम्पनीको समायोजनपछिको मूल्य ५ सय ४९ रुपैयाँ निर्धारण भएको छ । 

कम्पनीको सोमबारको अन्तिम कारोबार मूल्य ६ हजार २६ रुपैयाँ लाई आधार मानेर मूल्य समायोजन गरिएको हो । यहि मूल्यलाई आधार मानेर आज मंगलबार नेप्सेमा कोषको सेयर कारोबार खुल्नेछ । कोषले असार २१ गतेका लागि वार्षिक साधारण सभा आह्वान गरेको छ । उक्त सभाले लाभांश प्रस्ताव पारित गर्दैछ । 

कम्पनीको संचालक समितिले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १४% बोनस र कर प्रयोजनको लागि ०.७३% नगद लाभांश दिने प्रस्ताव गरेको छ । 

कम्पनीलले वार्षिक साधारणसभा प्रयोजनको लागि आज असार ८ गतेदेखी असार २१ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।