Like us!
Follow us!

आइएमई लाइफ इन्स्योरेन्सको आईपिओले कति पायो रेटिङ ?

आइएमई लाइफ इन्स्योरेन्सको आईपिओले कति पायो रेटिङ ?

लगानी खबर, काठमाडौं -  रेटिङ्ग एजेन्सी इक्रा केयर नेपालले आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले जारी गर्न लागेको साधारण सेयर (आईपिओ) लाई रेटिङ प्रादान गरेको छ । 

इक्राले कम्पनीको आईपीओलाई 'केयरएनपी ट्रिपल बि' रेटिङ प्रदान गरेको छ । जसले कम्पनी समयमा नै वित्तीय दायित्व पुरा गर्न सक्षम रहेको जनाउँदछ ।

कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपिओ निष्काशन गर्न लागेको छ । हालकम्पनीको चुक्तापूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ भने आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ । 

आईपिओ निष्काशनपछि कम्पनीमा ७० प्रतिशत प्रोमोटर सेयर र ३० प्रतिशत साधारण सेयरको हिस्सा हुने छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।