Like us!
Follow us!

बाग्लुङमा बाढीले बस्ती बगायो, कम्तिमा एक दर्जन बेपत्ता

बाग्लुङमा बाढीले बस्ती बगायो, कम्तिमा एक दर्जन बेपत्ता

लगानीखबर, काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिका-९ मा बाढीले बस्ति बगाउँदा कम्तिमा १२ जना बेपत्ता भएका छन् ।

सुकुर्दुङ खोलामा अरिवरल वर्षासँगै गएराति १२ बजेको समयमा आएको बाढीले कम्तिमा १० घर बगाएका छन् । स्थानीयका अनुसार सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको छ ।


प्रहारीका अनुसार बाढीले घर बगाउँदा करिब १२ जना सम्पर्क विहीन छन् । घटनास्थलमा रातिदेखि प्रहरी परिचालन भएका छन् छ । प्रहरीले स्थानीयको सहयोगमा उद्धार थालेको छन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।