Like us!
Follow us!

नबिल बैंकका सम्पूर्ण बैंकिङ सेवा आजबाट सुचारु

नबिल बैंकका सम्पूर्ण बैंकिङ सेवा आजबाट सुचारु

लगानी खबर, काठमाडौं - नबिल बैंक लिमिटेडको सम्पूर्ण बैंकिङ सेवा आज (सोमबार) सुचारु भएको छ। 

कोर बैंकिङ सिस्टम (सीबीएस) स्तरोन्नति गर्नका लागि बैंकले गत असार ४ गते दिउँसो ४ बजेदेखि आज सोमबारसम्म सम्पूर्ण बैंकिङ कारोबारहरु पूर्ण रुपमा बन्द गरेको थियो। 

हाल स्तरोन्नतिको कार्य सम्पन्न भई सम्पूर्ण बैंकिङ सेवा यथावत रुपमा सुचारु भएको बैंकले जनाएको छ । 

स्तरोन्नति गर्नका लागि बैंकले बैंकका सम्पूर्ण शाखाहरु, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, एटीएम कार्ड (क्रेडिट÷प्रिपेड कार्डबाहेक), रेमिट्यान्सलगायतका सेवा एवं सम्पूर्ण बैंकिङ कारोबार पूर्ण रुपमा बन्द रहेको थियो। 

बैंकले प्रकाशन गरेको सूचना हेर्नुहोस् :-  

60d0414e8e5d4.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।