Like us!
Follow us!

प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश पारित

प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश पारित

लगानी खबर, काठमाडौं - प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश पारित भएको छ । असार ६ गते सम्पन्न सभाले लाभांश प्रस्ताव पारित गरेको हो ।

सभाले कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको उन्नाईसौं वार्षिक साधारण सभाबाट ८ प्रतिशत बोनस सेयर र ०.४२ कर प्रयोजनार्थ नगद लाभांश दिने प्रस्ताव पनि सर्वसम्मतिबाट पारित गरेको हो । कम्पनीको हाल १ अर्ब २ करोड  ६४ लाख ३२ हजार रुपैयाँ चुक्ता पूँजी रहेकोमा बोनस सेयर पश्चात कम्पनीको १ अर्ब १० करोड ८५ लाख ४६ हजार ५ सय  रुपैयाँ पुग्नेछ ।

उक्त साधारण सभाले कम्पनीको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ । यसका साथै, वार्षिक साधारण सभाबाट कम्पनीको संस्थापक समूह ख अन्तर्गत २ जना सञ्चालकहरुको निर्वाचन सम्पन्न गरेको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।