Like us!
Follow us!

नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने अन्तिम मौका आज

नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने अन्तिम मौका आज

लगानी खबर, काठमाडौं - नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज (असार ७ गते, सोमबार) सम्म रहेको छ । 

कोषले २६ औं वार्षिक साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि असार ८ गते बुक क्लोज गर्दैछ त्यसैले आजसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

कोषले गत आर्थिक वर्षको मुनाफाबाट  ९ प्रतिशत बोनस सेयर र ८.८९ प्रतिशत नगद लाभांश गरि कूल १७.८९४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

उक्त प्रस्ताव पारित गर्नका लागि कोषले आगामी असार १८ गते सभा बोलाएको छ ।कोषले सभा दिउँसो २ बजे कोषको केन्द्रीय कार्यालय नयाँ बानेश्वर, काठमाडौंमा हुने बताएको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।