Like us!
Follow us!

उपत्यकामा एक साता निषेधाज्ञा थप, निजी सवारी साधनमा जोर–बिजोर

उपत्यकामा एक साता निषेधाज्ञा थप, निजी सवारी साधनमा जोर–बिजोर

लगानी खबर, काठमाडौं - काठमाडौं उपत्यका थप सात दिन निषेधाज्ञा थप्ने निर्णय भएको छ ।  उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो । 

अहिले संक्रमण दर केहि कम हुँदै गएकाले थप गरिएको निषेधाज्ञामा केही प्रावधान खुकुलो पारिएको छ । हालसम्म पनि काठमाडाैँमा भने संक्रमणकाे दर घटेकाे छैन । आइतबार काठमाडाैँमा ४५० जना, ललितपुरमा ५३ जना र भक्तपुरमा २५ जनामा संक्रमण पुष्टि भएकाे छ ।

थपिएको निषेधाज्ञामा निजी सवारी साधन जोर–बिजोर प्रणालीमा चलाउन पाइनेछ भने बार अनुसार पसल सञ्चालन गर्न पनि पाइनेछ । निषेधाज्ञाको समयमा ट्याक्सी पनि जोर विजोर प्रणालीमा चल्नेछ । तर अन्य सार्वजनिक सवारीसाधन भने चलाउन पाइने छैन । 

त्यस्तै आइतबार, मंगलबार र बिहीबार ११ देखि ४ बजेसम्म सुन, भाँडाकुडा, अटो मोबाइल्स, विद्युतीय सामग्री खोल्न दिइने निर्णय भएको छ । त्यसैगरी, सोमबार, बुधबार र शुक्रबार ११  बजेदेखि ४ बजेसम्म सपिङ मल, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी टेलरिङ पसल खोल्न दिइनेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।