Like us!
Follow us!

हकप्रद सेयर निष्काशनको अनुमति माग्दै नारायणी डेभलपमेन्ट बैंक बोर्डको ढोकामा

हकप्रद सेयर निष्काशनको अनुमति माग्दै नारायणी डेभलपमेन्ट बैंक बोर्डको ढोकामा

लगानी खबर, काठमाडौं - नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद सेयर निष्काशन गर्न अनुमति माग्दै नियामक निकाय नेपाल धिताेपत्र बाेर्डमा निवेदन पेश गरेकाे छ ।

बैंकले १:१ काे अनुपातमा १०० रुपैयाँ अंकित दरमा कुल १३ करोड १२ लाख ३३ हजार ८ सय रूपैयाँ बराबरकाे १३ लाख १२ हजार ३ सय ३८ कित्ता हकप्रद निष्कासन गर्न असार ४ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे ।

बैंककाे हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। 

बैंककाे माघ १६ गते, शुक्रबार सम्पन्न भएकाे १९औं वार्षिक साधारण सभाले धितोपत्र बोर्डले अनुमति दिएको १००% हकप्रद बिक्रीपछि कायम हुने चुक्ता पुँजीमा १:२ अनुपातमा (२००%) १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँ बराबरकाे हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेकाे थियाे । नेपाल राष्ट्र बैंकले भने जेठ २० गते, बिहीबार १:१ काे अनुपातमा मात्र हकप्रद सेयर निष्काशन गर्न स्वीकृती दिएकाे थियाे । 

बैंकले यसअघि पनि आफ्ना लगानीकर्तालाई माघ १३ गते, मंगलबारदेखि फागुन ३ गतेसम्म १:१ अर्थात एक कित्ता सेयर बराबर एकको अनुपातमा ६ करोड ५६ लाख १६ हजार ९ सय रुपैयाँ बराबरको ६ लाख ५६ हजार १ सय ६९ कित्ता हकप्रद सेयर निष्काशन गरेकाे थियाे ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।