Like us!
Follow us!

धितोपत्र बोर्डविरुद्धको मुद्दामा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

धितोपत्र बोर्डविरुद्धको मुद्दामा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

लगानी खबर, काठमाडौं - नियामक निकाय नेपाल धितोपत्र बोर्डविरुद्ध दायर रिटको पेशी आज (आइतबार) सुनुवाइ भएकाे छ । सर्वाेच्च अदालतले धिताेपत्र बाेर्डलाई कारण देखाउ आदेश जारी गरेको  छ ।

न्यायधीश डा. कुमार चुडालको एकल इजलाशले कारण देखाउ आदेश जारी गरेकाे हाे । याेसँगै अब बाेर्डले के कारणले त्यस्ताे विज्ञप्ति सार्वजनिक गरेकाे हाे उक्त कारण खुलाएर सर्वाेच्च अदालतमा पेश गर्नुपर्नेछ । त्यसपश्चात् सर्वाेच्च अदालतले अन्तिम निर्णय लिनेछ ।

बोर्डले गत मंगलबार सार्वजनिक गरेको प्रेस विज्ञप्ति बदर गर्ने माग गर्दै शुक्रबार अधिवक्ता रविन बोहजुले बोर्ड विरुद् रिट दायर गरेका थिए । उक्त रिटमा नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज, अर्थमन्त्रालय र कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयलाई विपक्षी बनाइएको थियाे । रिट निवेदनमार्फत् लगानीकर्तालाई भयवित हुने कुनै पनि काम नगर्न र नगराउन अन्तरिम आदेश माग गरिएको थियाे ।

बोर्डले मंगलबार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै बोर्डले गठन गरेको अध्ययन समितिले ५१ वटा कम्पनीहरुको सेयर मूल्य चलखेल गरेर वृद्धि गरिएको प्रारम्भिक रिपोर्ट तयार पारेको जानकारी दिएको थियो ।  

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।