Like us!
Follow us!

नेपाल बैंकले मुद्दती निक्षेपमा लगानी गर्ने

नेपाल बैंकले मुद्दती निक्षेपमा लगानी गर्ने

लगानी खबर, काठमाडौं - नेपाल बैंक लिमिटेडले ३ अर्ब रुपैयाँभन्दा बढी बराबरकाे रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएकाे छ । बैंकले कर्मचारी अवकाश काेष व्यवस्थापन ट्रस्टमा रहेको ३ अर्ब २० करोड रुपैयाँ बराबरको रकम मुद्दती खातामा लगानी गर्न लागेको हो ।

बैंकले उक्त रकम ३ महिना अवधिकाे लगानी गर्न लागिएको जनाएको छ ।  नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त वाणिज्य बैंकहरूबाट अधिकतम ५० कराेड रूपैयाँमा नबढ्ने गरी आफूले लिन चाहेकाे रकम  तथा उक्त रकमका लागि प्रस्ताव गरिएकाे व्याजदर समेत खुलाएर असार ८ गते, मंगलबार दिउँसाे ४ बजेसम्म प्रस्ताव पेश गर्नुपर्नेछ ।

मुद्दती निक्षेपकाे बारेमा सम्पूर्ण विवरण हेर्नुहोस् :

60ceef888d657.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।