लगानी खबर, काठमाडौं - राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले जेठ २५ गतेदेखि जेठ २८ गतेसम्म बिक्री खुल्ला गरेको "8.5% RBBL Debenture, 2083" नामको ऋणपत्र बाँडफाँड गरेको छ ।
बैंकले एक सूचना प्रकाशन गर्दै उक्त ऋणपत्र असार २ गते बुधबार बाँडफाँड गरिएको जानकारी दिएको छ ।
बैंकले ६ वर्ष अवधि भएको वार्षिक ८.५० प्रतिशत ब्याजदर भएको कुल २ अर्ब ५० करोड रुपैंया (२५ लाख कित्ता) मूल्य बराबरको ऋणपत्र बिक्री गरेको थियो । यस ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिनेछ ।
8.5% RBBL Debenture, 2083" नामको प्रतिकित्ता रू. १ हजार दरका कुल २५ लाख कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात १५ लाख कित्ता व्यक्तिगत तवरबाट संगठित संस्थाहरुलाई बिक्री गरिने र सो का लागि ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक “एनआईबिएल एस क्यापिटल लिमिटेड” र निष्काशनकर्ता कम्पनी “राष्ट्रिय वाणिज्य बैंक लिमिटेड”को आपसी सहमतिमा बिक्री वितरण गरिने छ । साथै, सर्वसाधारणका लागि छुट्याईएको ४० प्रतिशत अर्थात १० लाख कित्ता सर्वसाधारण नेपालीका लागि सार्वजनिक निष्काशनबाट ऋणपत्र बिक्री गरेको हो ।
बैंकले प्रकाशन गरेको सूचना हेर्नुहोस् :-
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।