Like us!
Follow us!

आज यी ३ कम्पनीको साधारण सभा हुँदै, कुनको एजेण्डा के ?

आज यी ३ कम्पनीको साधारण सभा हुँदै, कुनको एजेण्डा के ?

लगानी खबर, काठमाडौं - आज असर ६ गते आइतबार विभिन्न ३ कम्पनीको साधारण सभा हुँदैछ । जसमध्ये २ कम्पनीको वार्षिक साधारण सभा र एक कम्पनीको विशेष सभा हुँदैछ । आज प्रुडेन्सियल इन्स्योरेन्सको स्थगित सभा र मल्टीपपर्स फाइनान्स कम्पनी लिमिटेड वार्षिक साधारण सभा हुँदैछ भने नेपाल इलेक्ट्रोनिक तथा पेमेन्ट सिस्टम्स् लिमिटेडको विशेष सभा हुँदैछ ।

कुनको एजेण्डा के ?

प्रुडेन्सियल इन्स्योरेन्सको स्थगित सभा 

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको यसअघि स्थगित भएकाे  उन्नाइसौं वार्षिक साधारण सभा आज (असार ६ गते, आइतबार) हुँदैछ ।  कम्पनीको सभा हाेटल इच्छा प्राइभेट लिमिटेड सिमरा, बारामा हुन लागेको हो ।

यसअघि जेठ २ गते आइतबारका लागि तय भएको कम्पनीको सभा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण काठमाडौं लगायत अन्य स्थानमा गरिएको निषेधाज्ञा जारी भएको कारण उक्त सभा स्थगित गरिएको थियाे ।

सभामा कम्पनीले हाल कायम चुक्ता चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र त्यस प्रयोजनको लागि ०.४२ प्रतिशत गरी कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी, कम्पनीले सभामा प्रस्तावित बोनस सेयर पश्चात कायम हुने चुक्ता पूँजीमा संस्थापक शेयरधनीहरुको स्वामित्व ६० प्रतिशतबाट ५१ प्रतिशत र सर्वसाधारण शेयरधनीहरुको स्वामित्व ४० प्रतिशतबाट ४९ प्रतिशत पुर्याउने प्रस्ताव पारित गर्दैछ।

मल्टीपपर्स फाइनान्स कम्पनी लिमिटेड

मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज हुँदैछ । सभाले कम्पनीको वार्षिक प्रतिवेदन लेखापरीक्षण प्रतिवेदनसहिले वासलात नाफा-नोक्सान हिसाव, नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयाेजनका लागि जेठ २४ गते, साेमबार बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले जेठ २३ गतेसम्म नेप्सेमा कायम भई कारोबार गर्ने सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।

नेपाल इलेक्ट्रोनिक तथा पेमेन्ट सिस्टम्स् लिमिटेड

नेपाल इलेक्ट्रोनिक तथा पेमेन्ट सिस्टम्स् लिमिटेड (नेप्स)को विशेष साधारण सभा आज हुँदैछ। कम्पनीकाे जेठ १६ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा आज दिउँसाे ३ बजेदेखि अनलाइन मार्फत् हुनेछ । कम्पनीको उदेश्य संसोधन गर्ने सभाकाे विशेष प्रस्ताव रहेकाे छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।