लगानी खबर, काठमाडौं - आज असार ६ बाट एनआईसी एशिया बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्रि खुल्ला गर्ने भएको छ ।
बैंकले ‘८.५५ एनआईसी एशिया डिबेञ्चर २०८७’ को नाममा ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो। जसमध्ये बैंकले सर्वसाधारणका लागि १२ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १८ लाख कित्ता बिक्री गर्नेछ । यस ऋणपत्रको व्याज वार्षिक रुपमा भुक्तानी गरिनेछ ।
बैंकको उक्त ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल लिमिटेडले गर्नेछ ।
बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३ अर्ब ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको वितरण योग्य नाफा १ अर्ब २२ करोड ६ लाख रुपैयाँ छ । बैंकको प्रतिसेयर आम्दानी ३४ रुपैयाँ ८७ पैसा रहेको छ ।
ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ इकाइ र अधिकतममा १५ लाख इकाइसम्मका लागि आवेदन दिन सक्नेछन् । ऋणपत्र छिटोमा असार ९ गते र ढिलोमा असार २० गते बैंकिङ समयसम्म बिक्रीमा रहने ।
ऋणपत्र खरिदका लागि राष्ट्रिय वाणिज्य बैंकका शाखा कार्यालयहरु, सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरु मार्फत आवेदन दिन सकिनेछ । साथै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था रहेको छ ।
एनआईसी एशिया बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट जेठ २० गते अनुमति पाएको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।