Like us!
Follow us!

नबिल बैंक र युनाइटेड फाइनान्सको विशेष सभा आज, प्राप्ति सम्बन्धि प्रस्ताव पारित हुँदै

नबिल बैंक र युनाइटेड फाइनान्सको विशेष सभा आज, प्राप्ति सम्बन्धि प्रस्ताव पारित हुँदै

लगानी खबर, काठमाडौं - नबिल बैंक लिमिटेड र युनाइटेड फाइनान्स कम्पनी लिमिटेडको विशेष सभा आज (असार ५ गते, शनिबार) हुँदैछ । दुवै कम्पनीको सञ्चालक समितिहरुको जेठ २० गते बैठकले गरेको निर्णयानुसार कम्पनीको सभा आज बिहान ११ बजे आ–आफ्नै केन्द्रिय कार्यालयमा भर्चुअलमार्फत सञ्चालन हुनेछ । दुवै कम्पनीले प्राप्ति सम्बन्धि विशेष प्रस्तावलाई पारित गर्नेछ । 

सभामा युनाइटेड फाइनान्सलाई नबिल बैंकले १०० बराबर ३५ को सेयर स्वाप रेसियोमा प्राप्त गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसैगरी युनाइटेड फाइनान्सको विषेश सभाले पनि १:०३५ स्वाप रेसियोमा बैंकमा प्राप्त हुनेगरी प्राप्तिमा लैजाने प्रस्ताव पारित गर्नेछ । 

युनाइटेडलाई प्राप्ति गरेपश्चात नबिलको पुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम बैंकको प्रबन्धपत्र संशोधनको प्रस्तावलाई सभाले स्वीकृति प्रदान गर्नेछ। प्राप्ति प्रयोजनका लागि भएका गरेका काम कारबाही, पुँजी संरचना, प्रबन्धपत्र तथा नियमावली संशोधनका सम्बन्धमा नियमनकारी निकायहरुबाट संशोधन, परिमार्जन तथा थपघट गर्न कुनै निर्देशन प्राप्त भएमा सोहीबमोजिम संशोधन वा परिमार्जनसमेतका सम्पूर्ण कार्यहरु गर्न सञ्चालकलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ। 

विशेष साधारण सभा प्रयोजनका लागि नबिल बैंक र युनाइटेड फइनान्सले जेठ २८ गते एक दिनका लागि बुकक्लोज गरेका छन् । त्यसैले जेठ २७ गतेसम्म नेप्सेमा कायम भई कारोबार गर्नगरेका सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।