Like us!
Follow us!

रिलायबल लाइफ इन्स्योरेन्सको आईपीओ प्रस्ताव पारित

रिलायबल लाइफ इन्स्योरेन्सको आईपीओ प्रस्ताव पारित

लगानी खबर, काठमाडौं - रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा कम्पनीको प्रधान कार्यालय ज्ञानेश्वरमा भर्चुअल माध्यमबाट शनिबार सम्पन्न भएको हो ।

सभाले प्राथमिक सेयर (आईपीओ) जारी गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ । कम्पनीले अब आईपीओ निष्काशनको प्रक्रिया अगाडी बढाउनेछ ।

यसका साथै, सभाले संचालक समितिको तेस्रो वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नुका साथै लेखापरीक्षकको प्रतिवेदन सहित, वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरणसहितका अनुसूचीहरु उपर पनि छलफल गरी पारित गरेको छ।

त्यस्तै, कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने  प्रस्ताव पारित भएको छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।