Like us!
Follow us!

बोर्डविरुद्द सर्वोच्च अदालतमा रिट दायर

बोर्डविरुद्द सर्वोच्च अदालतमा रिट दायर

लगानी खबर, काठमाडौं - नेपाल धितोपत्र बोर्डविरुद्द सर्वोच्च अदालतमा रिट दायर भएको छ  । धिताेपत्र बाेर्डले मंगलबार सार्वजनिक गरेकाे प्रेस विज्ञप्ति बदर गर्ने माग गर्दै शुक्रबार अधिवक्ता रविन बोहजुले बोर्ड बिरुद्द रिट दायर गरेका हुन् ।  उक्त रिटको पेशी आइतबारको लागि तोकिएको छ ।

बोर्डले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै नेप्सेमा सुचीकृत ५१ कम्पनीमा लगानी गर्न जोखिम रहेको भन्दै कम्पनीको नाम सार्वजनिक गरेको थियो । बोर्डको निर्णयबिरुद्द अधिवक्ता रविन बोहजु र सुरेन्द्र कोंजुले शुक्रबार रिट दायर गरेकोमा असार ६ गतेलाई पेशी तोकिएको हो ।  

उक्त रिटमा नेपाल धिताेपत्र बाेर्ड, नेपाल स्टक एक्सचेञ्ज, अर्थमन्त्रालय र कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयलाई विपक्षी बनाइएकाे छ । रिट निवेदनमार्फत् लगानीकर्तालाई भयवित हुने कुनै पनि काम नगर्न र नगराउन अन्तरिम आदेश माग गरिएकाे हाे ।

बोर्डको उक्त निर्णय बोर्डको काम कर्तब्य अधिकारभन्दा बाहिरको रहेको र यसले लगानीकर्तालाई त्रसित र आतंकित बनाएको रिट निवेदनमा उल्लेख गरिएको छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।