Like us!
Follow us!

यी ५ कम्पनीको १२ अर्ब १६ करोड हकप्रद सेयर आउँदै, कुनको कित्ता कति ?

यी ५ कम्पनीको १२ अर्ब १६ करोड हकप्रद सेयर आउँदै, कुनको कित्ता कति ?

लगानी खबर, काठमाडौँ - विभिन्न ५ कम्पनीले हकप्रद सेयर निष्काशन गर्दैछन् । सेयर बजारमा विभिन्न ५ कम्पनीको १२ अर्ब १६ करोड १  लाख ९६ हजार ६७ रुपैयाँ बराबरको १२ करोड १६ लाख १ हजार ९ सय ६० दशमलव ६७ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेका हुन् । जसमध्ये ४ कम्पनी हकप्रद निष्काशन गर्ने स्वीकृतीका लागि नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) मा पाइपलाइमा रहेका छन् । एउटा कम्पनीले स्वीकृती पाएर ल्याउने तयारी गरिरहेकाे छ । यतिबेला कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, छ्याङ्दी हाइड्रोपावर लिमिटेड, एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड आईपीओ निष्काशनको स्वीकृतीका लागि सेबाेनमा पाइपलाइनमा छन् ।  हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले सेबाेनबाट अनुमति पाएर निष्काशन गर्ने तयारीमा छ ।

कुन कम्पनीको कति कित्ता ? हेर्नुहोस्:-

१. हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) 

हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले  १:१ अर्थात् १ बारबार १ को अनुपातमा १०० रुपैयाँ अंकित दरमा ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डबाट जेठ ९ गते, आइतबार  अनुमति पाइसकेकाे छ । कम्पनीले हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयाेजनका लागि जेठ २८ गते एक दिनका लागि बुक क्लोज गरेको छ ।  त्यसैले, जेठ २७ गते गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र उक्त हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

२. कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड

कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले १:१.५ अनुपात अर्थात १५० प्रतिशत हकप्रद निष्कासन गर्नका लागि पुस २६ गते बोर्डमा निवेदन दिएको थियाे । बैंकले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता हकप्रद सेयर जारी गर्न लागेकाे हाे । बैंकले हकप्रद निष्कासनका लागि सिभिल क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेकाे छ । सेबाेनबाट अनुमति पाएपश्चा्त कम्पनीले हकप्रद सेयर निष्कासन गर्नेछ ।

३. छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेड

छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडले १० बराबर ३ अनुपातमा हकप्रद सेयर निष्काशन गर्न अनुमति माग्दै वैशाख १५ गते बोर्डमा निवेदन दिएको छ । कम्पनीले ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका ८ लाख ९३ हजार २५ कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति मागेको हो । कम्पनीकाे उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ।

४. शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशन गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबाेन) मा निवेदन दिएको छ ।
कम्पनीले १०:३० को अनुपातमा ३० प्रतिशतले हुन आउने ५२ लाख ७५ हजार ५ सय ७२ कित्ता हकप्रद सेयर निष्कासन गर्न जेठ २५ गते मंगलबार सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीको हकप्रदलाई ‘एपीआरए’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा आफ्नाे वित्तीय दायित्व पूरा गर्न सक्ने रहेको संकेत गर्दछ ।

५. एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद सेयर निष्काशन गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबाेन) मा निवेदन पेश गरेकाे छ ।
बैंकले हाल कायम चुक्ता पुँजी १०:३ काे अनुपातमा एक सय रूपैयाँ अंकित दरमा ३० प्रतिशतले हुन आउने २४ करोड ३३ लाख ३६ हजार ३ सय ६७ रुपैयाँ ४२ पैसा बराबरकाे २४ लाख ३३ हजार ३ सय ६३ दशमलव ६७४२ कित्ता हकप्रद सेयर निष्कासन गर्न जेठ २७ गते, बिहीबार सेबाेनमा निवेदन पेश गरेकाे हाे । बैंकले हकप्रद सेयर निष्कासन गर्नका लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेकाे छ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।