Like us!
Follow us!

कर्पोरेट डेभलपमेन्ट बैंकको साधारण सभा असार २५ मा, के-के छन् एजेण्डा ?

कर्पोरेट डेभलपमेन्ट बैंकको साधारण सभा असार २५ मा, के-के छन् एजेण्डा ?

लगानी खबर, काठमाडौं - कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले तेर्हौं वार्षिक साधारण सभा डाकेको छ । बैंकको उक्त सभा असार २५ गते, शुक्रबार कम्पनीको रजिष्टर्ड कार्यालय बैंककाे प्रधान कार्यालय, वीरगञ्ज, पर्सामा हुने भएको छ। 

बैंकको असार १ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले उक्त निर्णय गरेको हो। 

सभामा सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने गरिनेछ । त्यसैगरी, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरिनेछ ।

सभाले अन्य बैंक तथा वित्तीय संस्थासंग गाभ्ने गाभिने निर्णय गर्ने तथा त्यस सम्बन्धि सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने, कार्य क्षेत्र संशोधन गर्ने, र प्रबन्धपत्र र नियमावली संशोधन गर्ने, नियामक निकायबाट संशोधनको लागि थप निर्देशन आएमा सोही अनुसार गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने सभाकाे विशेष प्रस्ताव गरेको छ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना हेर्नुहोस्:

60cc2f3e44b38.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।