Like us!
Follow us!

बन्चरो प्रहार गरी श्रीमतीको हत्या

बन्चरो प्रहार गरी श्रीमतीको हत्या

लगानी खबर, काठमाडौं - घोराहीमा बञ्चरो प्रहार गरी श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् । घोराही उपमहानगरपालिका–३ बेलुवा निवासी ५७ वर्षीय मुकुन्दलाल चौधरीले बञ्चरो प्रहार गरी ४६ वर्षीया स्यानाकुमारी चौधरीको हत्या गरेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

सामान्य घरायसी विवादका कारण बुधबार बेलुका पौने ६ बजेतिर मुकुन्दलालले टाउकामा बञ्चरो प्रहार गरी घाइते भएकी उनको मेडिकल कलेज कोहलपुरमा स्यानाकुमारीको बिहीबार उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता रिजालले जानकारी दिए । आरोपित मुकुन्दलाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।