Like us!
Follow us!

सिद्धार्थ इन्स्योरेन्सले आजबाट लाभांश सेयरधनीको हितग्राही पठाउँदै

सिद्धार्थ इन्स्योरेन्सले आजबाट लाभांश सेयरधनीको हितग्राही पठाउँदै

लगानी खबर, काठमाडौं - सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज (असार ३ गते, बिहीबार) नगद लाभांश आफ्ना सेयरधनीको हितग्राही खातामा जम्मा गर्न थालेको छ ।

कम्पनीले गत जेठ २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ३.७८ प्रतिशत नगद लाभांश बुक क्लाेज हुनुभन्दा अघिल्लाे दिनसम्म सेयर अभौतिकिकरण गराएका सेयरधनीको बैंक खातामा पठाउन थालेको  हो । 

कम्पनीकाे जेठ २८ गते सम्पन्न भएकाे वार्षिक साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट ३.७८९४ प्रतिशतले हुन आउने नगद लाभांश (लाभांश करसहित) र १२ प्रतिशतले हुन आउने बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेकाे थियाे । त्यसमध्ये कम्पनीले सर्वप्रथम नगद लाभांश खातामा पठाउन सुरू गरेकाे हाे । 

साथै, साधारण सभाबाट पारित भएकाे १२ प्रतिशत बाेनस सेयर सूचीकरण भएपश्चात् सम्बन्धित सेयरधनीकाे खातामा जम्मा गरिने पनि कम्पनीले जानकारी दिएकाे छ ।

त्यसैगरी, कम्पनीकाे सेयर रजिष्ट्रार एनएमबि क्यापिटल लिमिटेड रहेको छ । बाेनस सेयरकाे कर बापतकाे रकम जम्मा गर्न बाँकी रहेका सेयरधनीहरूकाे कर बापतकाे रकम यसै नगद लाभांशबाट कट्टा गरिनेछ ।

कम्पनी​ले प्रकाशन गरेकाे सूचना हेर्नुहोस्: 

60caf79e93baf.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।