Like us!
Follow us!

फरवार्ड लघुवित्तको सेयर आजबाट लिलामीमा, मूल्य कति ?

फरवार्ड लघुवित्तको सेयर आजबाट लिलामीमा, मूल्य कति ?

लगानी खबर, काठमाडौं - फरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेडले झन्डै ४ लाख कित्ता संस्थापक संस्थापक शेयर आज (असर ३ गते, बिहीबार) देखि लिलामीमा बिक्री खुल्ला गरेको छ । 

संस्थाले आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको नाममा रहेको ३ लाख ९४ हजार ६३४.४६ कित्ता संस्थापक सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको हो । उक्त सेयर खरीद गर्न जो कोहि इच्छुक आवेदकले असार १७ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । 

सेयरको न्यूनतम मूल्य ८ सय ५० रुपैयाँ तोकिएको छ । त्यसैले लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । 

उक्त सेयरमा लगानीकर्ताले न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम सेयर संख्याको लागि कुनै हद लाग्ने छैन । 

उक्त सेयरको बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल लिमिटेडले गर्नेछ ।
संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

60cab46e119d2.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।