Like us!
Follow us!

जीवन विकास लघुवित्तको आईपीओ असार ११ बाट बजारमा आउँदै, कति दिने आवेदन ?

जीवन विकास लघुवित्तको आईपीओ असार ११ बाट बजारमा आउँदै, कति दिने आवेदन ?

लगानी खबर, काठमाडौं - जीवन विकास लघुवित्तले असार ११ गतेबाट साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीको १०० रुपैयाँ अंकित दरका कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ असार ११ गतेबाट निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको हो । 

आईपीओको कूल कित्तामध्ये कुल पुँजीको ०.५ प्रतिशतले हुन आउने ३० हजार ४२० कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्न लागेको पुँजीको ५ प्रतिशतले हुन आउने ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ । 

कति दिने आवेदन ?
उक्त आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । 

कहाँ-कहाँबाट दिने आवेदन 
लगानीकर्ताहरुले नेपाल धितोपत्रबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखाहरुबाट आवेदन दिन सकिनेछ भने अनलाईन मार्फत मेरो सेयर एप र मेरो सेयर सफ्वेयर मार्फत पनि आवेदन दिन सकिनेछ । 

आवेदन कहिलेसम्म दिने ?
लगानीकर्ताहरुले उक्त आईपीओमा छिटोमा असार १५ गते र ढिलोमा असार २५ गतेसम्म आवेदन दिन सक्नेछन् । 

रेटिङ्ग कति ?
संस्थाको आईपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा आइआर बीबीबी माइनस’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

संस्थालाई नेपाल धितोपत्र बोर्डले जेठ ३० गते आईपिओ निष्काशनको अनुमति प्रदान गरेको थियो । संस्थाले गत बर्ष फागुन १७ गते आईपिओ निष्काशनको अनुमति माग गर्दै सेबोनमा निवेदन पेश गरेको थियो ।  
   
संस्थाको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ । कम्पनीले जम्मा पुँजीको ३२.५० प्रतिशत आईपिओ निष्काशन गर्न लागेको हो । 


कस्तो छ संस्थाको वित्तिय अवस्था ?
संस्थाले तेस्रो त्रैमाससम्ममा ५६ करोड ३९ लाख ३९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको देखिन्छ । गत बर्षको यसै अवधिमा संस्थाको खुद मुनाफा ३६ करोड ८१ लाख ७२ हजार रुपैयाँमा सिमित थियो । 
४१ करोड ६ लाख ७० हजार रुपैयाँ चुक्ता पुँजी रहेको संस्थाको जगेडा कोषमा १ अर्ब १८ करोड ३९ लाख रुपैयाँ रहेको छ । आईपीओ निष्काशनपछि संस्थाको चुक्ता पुँजी ६० करोड ३७ लाख ४० हजार रुपैयाँ पुग्नेछ । 

कम्पनीको र आईपीओको बारेमा थप जानकारीको लागी तलको विवरणपत्र हेर्नुहोस् :-

60caa6698434d.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।