Like us!
Follow us!

सरकारले थप्यो कर तिर्ने म्याद

सरकारले थप्यो कर तिर्ने म्याद

लगानी खबर काठमाडौं - सरकारले कर विवरण तथा दाखिला गर्ने म्याद असार २५ गतेसम्म थप गरेको छ । आन्तरिक राजस्व विभागले बुधबार एक सूचना जारी गर्दै असार २५ गतेभित्र कर बुझाउन आग्रह गरेको हो ।

कोभिड-१९ संक्रमणको रोकथाम र नियन्त्रण सिलसिलामा विभिन्न जिल्लामा जारी भएको निषेधाज्ञाका कारण तोकिएको समयमा बुझाउनु पर्ने कर विवरण र कर दाखिला गर्न करदातालाई पर्न गएको कठिनाईलाई दृष्टिगत गर्दै विभागले असार २५ गतेसम्म कर बुझाउन आग्रह गरेको हो ।

करदाताले २०७७ साल चैत र वैशाख महिनाको मासिक तथा चैत र वैशाख महिनाको द्धिमासिक अवधिको मूल्य अभिवृद्धि कर विवरण र कर दाखिला असार २५ गतेसम्म बुझाउनुपर्नेछ ।

त्यसैगरी, २०७७ चैत र २०७८ साल वैशाख महिनाको बुझाउनुपर्ने अग्रीम करकट्टी भएको रकम र त्यसको विवरण,  २०७७ चैत र २०७८ वैशाखमा बुझाउनुपर्ने अन्तःशुल्क विवरण तथा त्यस अनुसारको अन्तःशूल्क दाखिला र २०७७ चैत र २०७८ वैशाख महिनाको बुझाउनुपर्ने शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शूल्क र दूरसंचार सेवा दस्तुर दाखिला गर्ने समय असार २५ गतेसम्म थपिएकाे विभागले जनाएको छ।

हेर्नुहोस् आन्तरिक राजस्व कार्यालयको सूचना

60c9f26ee520e.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।