Like us!
Follow us!

यी १७ कम्पनी : जसको सेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले घट्यो

यी १७ कम्पनी : जसको सेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले घट्यो

लगानी खबर, काठमाडौं - निरन्तर उकालो लागिरहेको सेयर बजारमा आज (बुधबार) भारी अंकको गिरावट आएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डले मंगलबार जारी गरेको विज्ञप्तिले बजारमा प्रत्यक्ष प्रभाव परेको देखिएकाे छ । 

बोर्डले मंगलबार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै बोर्डले गठन गरेको अध्ययन समितिले ५१ वटा कम्पनीहरुको सेयर मूल्य चलखेल गरेर वृद्धि गरिएको प्रारम्भिक रिपोर्ट तयार पारेको जानकारी दिएको थियो । विगतको एक वर्ष अवधिमा सूचीकृत संगठित संस्थाहरूको मूल्य वृद्धि ३०० प्रतिशत र सो भन्दा बढीले वृद्धि भएका, मूल्य आम्दानी अनुपात १०० र सोभन्दा बढी भएका, प्रतिसेयर आम्दानी ऋृणात्मक भएका, प्रतिशेयर अंकित मूल्यभन्दा प्रतिशेयर नेटवर्थ कम भएका, कम्पनीको वर्तमान वित्तीय क्षमता समेतका आधारमा हाल जोखिम युक्त देखिएका ५१ वटा सूचीकृत संगठित संस्थाहरू छनोट गरी बोर्डबाट प्रारम्भिक अध्ययन गरिएको बोर्डले जनाएको थियाे ।

बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ५२.४१ अंकले घटेर २९६९.६९ मा पुगेकाे छ । नेप्से १.७३ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ८.५६ अंकले घटेर ५४१.७० मा पुगेको छ । ३ हजारको बिन्दु पार गरेर रेकर्ड बनाएको बजारमा आज भारी गिरावट आएको हो ।

बुधबार फाइनान्स, होटल एण्ड पर्यटन, हाइड्रोपावर, डेभलपमेन्ट बैंक लगायत समूहको सेयरमूल्यमा उच्च गिरावट आएको छ । आज १७ वटा कम्पनीको सेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले घटेको छ  ।

बुधबार सर्वाधिक धेरै मूल्य घट्ने कम्पनीहरुमा गुराँस फाइनान्स, जोशी हाइड्रोपावर, नेपाल फाइनान्स, नेशनल हाइड्रोपावर, छ्याङदी हाइड्रोपावर, आँखु खोला जलविद्युत, बेष्ट फाइनान्स, पन्चकन्या माई हाइड्रोपावर, घलेम्दी हाइड्रो, पोखरा फाइनान्स रहेका छन्  ।

त्यसैगरी,मल्टीपपर्स फाइनान्स, दिव्यश्वरी हाइड्रोपावर, प्रोगेशिभ फाइनान्स, समृद्धि फाइनान्स, पाँचथर पावर, हिमालयन पावर पार्टनर र सोल्टी होटलको सेयरमूल्य पनि ९ प्रतिशत भन्दा धेरैले घटेको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।