Like us!
Follow us!

सानिमा जनरल इन्स्योरेन्सको स्थगित सभाको मिति तय, अब कहिले ?

सानिमा जनरल इन्स्योरेन्सको स्थगित सभाको मिति तय, अब कहिले ?

लगानी खबर, काठमाडौं - सानिमा जनरल इन्स्योरेन्सको स्थगित तेस्रो साधारण सभा पुनः आह्वान गरेको छ । कम्पनीको असार १ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णयानुसार कोरोना महामारीका कारण स्थगित सभा अब असार २३ गते कम्पनीको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा बिहान १०:३० बजे भर्चुअल माध्यमबाट शुरु हुने भएको छ । 

यसअघि कम्पनीले जेठ ११ गते काठमाडौंको आम्रपाली ब्यांक्वेटमा साधारण सभाको मिति तय गरेको थियो । तर कोरोना भाइरस महामारीको दोस्रो लहरका कारण जारी निषेधाज्ञाका कारण सभा स्थगित भएको थियो ।

सभामा आर्थिक वर्ष ७६/७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष ७७/७८ को लागि बाह्य लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने र सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित गरिनेछ  । 

साधारणसभा प्रयोजनको लागि कम्पनीले वैशाख २९ देखि जेठ ११ गतेसम्म बुक क्लोज गरेको छ । वैशाख २८ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभा सभामा सहभागि हुन पाउनेछन् ।

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

60c99d9f77aba.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।