Like us!
Follow us!

नेपाल बैंकद्वारा ऋणपत्र रजिष्ट्रार नियुक्त

नेपाल बैंकद्वारा ऋणपत्र रजिष्ट्रार नियुक्त

लगानी खबर, काठमाडौं - नेपाल बैंक लिमिटेडको ऋणपत्र रजिष्ट्रारमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ ।  

बैंकले निष्काशन गरेको ८.५० प्रतिशत ब्याजदर भएको १० वर्षे अवधिको ऋणपत्र व्यवस्थापनका लागि ऋणपत्र रजिष्ट्रारमा नबिल इन्भेष्टमेण्ट बैंकिङलाई नियुक्त गरेको हो ।   

बैंकका अनुसार अब उप्रान्त ‘८.५० प्रतिशत नेपाल बैंक ऋणपत्र–२०८७’ ऋणपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सम्पूर्ण कार्य अब नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडमार्फत हुनेछ । 

कम्पनीले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र गत वैशाख २२ गतेदेखि ३१ गतेसम्म बिक्री गरेको थियो । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।