Like us!
Follow us!

एनसीसी बैंकको ९ लाख कित्ता सेयर आजबाट लिलामीमा, मूल्य कति ?

एनसीसी बैंकको ९ लाख कित्ता सेयर आजबाट लिलामीमा, मूल्य कति ?

लगानी खबर, काठमाडौं - नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेडले  संस्थापक सेयर बिहीबारदेखि लिलामीमा बिक्री खुल्ला गरेको छ ।

कम्पनीले नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वामित्वमा रहेको ९ कित्ता संस्थापक सेयर आज (असार २ गते, बुधबार) बाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको हो । उक्त सेयरको न्यूनतम मूल्य रू. १४० तोकिएको छ । त्यसैले, लगानीकर्ताले  सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ । 

उक्त सेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले असार १६ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । यो सेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम एक हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । 

कम्पनीको सेयर बिक्री प्रबन्धकको काम एनआईबीएल एस क्यापिटल लिमिटेडले गर्नेछ । 

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:- 

60c9654775a3d.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।