Like us!
Follow us!

एशियन लाइफ इन्स्योरेन्सको डेढ लाख बढी कित्ता सेयर लिलामीमा

एशियन लाइफ इन्स्योरेन्सको डेढ लाख बढी कित्ता सेयर लिलामीमा

लगानी खबर, काठमाडौं - एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले महालक्ष्मी विकास बैंकको स्वामित्वमा रहेको डेढ लाखभन्दा बढी कित्ता संस्थापक सेयर बिहीबारदेखि लिलामीमा ल्याउने भएको छ ।

कम्पनीले १ लाख ६६ हजार ७५७ कित्ता संस्थापक सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गर्न लागेको हो । उक्त सेयरको न्यूनतम मूल्य रू. ६२८ तोकिएको छ । त्यसैले, लगानीकर्ताले  सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ । 

उक्त सेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले असार ९ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । यो सेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । 

कम्पनीको सेयर बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।