Like us!
Follow us!

अभिकर्ता संघ बीमाको दायरा विस्तारमा बाधक बन्न खोज्यो : बीमा समिति

अभिकर्ता संघ बीमाको दायरा विस्तारमा बाधक बन्न खोज्यो : बीमा समिति

लगानी खबर, काठमाडौं - पेशागत बीमा अभिकर्ता संघको विज्ञप्तिप्रति बिमा समितिको ध्यानाकर्षण भएको छ । संघले विज्ञप्तीमा बीमा समितिलाई लक्षित गरी प्रयोग गरेका आपत्तिजनक शब्द प्रति समितिले ध्यानकर्षण भएको जनाएको छ । 

बीमा समितिले पेशागत बीमा अभिकर्ता संघलाई बीमाको दायरा विस्तारमा बाधक बन्न खोजेको आरोप लगाएको छ । अभिकर्ता संघले जारी गरेको विज्ञप्तिले सीमित बिमा अभिकर्ताहरुले मात्र बीमा सम्बन्धी काम गर्न पाउनुपर्छ भन्ने जस्तो एकाधिकारको पक्ष पोषण गरेको जनाउदै समितिले बिमा विस्तारको पहुँचमा बाधक पुग्ने जनाएको छ ।

समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ पेशागत बीमा अभिकर्ता संघ, नेपालको विज्ञप्तिमा एकातिर बीमा समिति कुनै एउटा स्टेकहोल्डरको पक्षमा मात्र काम गर्ने निकाय हुनुहुँदैन र सबै पक्षलाई समेट्नुपर्ने कुरा व्यक्त भएको छ भने अर्कोतिर मुलुकका सबै संस्थाहरुले एजेन्ट हुन नपाउने बिडम्बनापूर्ण अभिव्यक्ति समेत आएको छ । यस्तो अभिव्यक्तिले सीमित अभिकर्ताहरुले मात्र बीमा सम्बन्धि काम गर्न पाउनुपर्छ भन्ने जस्तो एकाधिकारको पक्षपोषण गरेको देखिन्छ यसले गर्दा बीमा सेवालाई देशका कुनाकाप्चामा रहेका विपन्न एवं न्यून आय भएका वर्गसम्म विस्तार गरी आगामी आर्थिक वर्षमा ३३% जनसंख्याको पहुँचमा बिमा सेवा पुर्याउने सरकारको लक्ष्यमा समेत व्यवधान पुग्ने देखिन्छ ।’ 

यस्तै, समितिले बीमा नियमावली, २०४९ मा बीमा अभिकर्ता हुनका लागि आवश्यक योग्यता पुगेको कुनै व्यक्ति संचालक रहेको संगठित संस्थाले बीमा अभिकर्ताको इजाजतपत्र पाउने व्यवस्था रहेको बताउँदै सोही अनुसार संस्थागत बीमा अभिकर्ताहरूकाे इजाजतपत्रलाई व्यवस्थित एवं नियमित गर्नका लागि समितिले संस्थागत बीमा अभिकर्ता सम्बन्धी निर्देशिका, २०७८ जारी गरिएको जनाएको छ ।

यस्तै, जीवन बिमक संघ तथा बिमा कम्पनीहरुसँग विभिन्न समयमा पटक पटक भएका छलफलमा आगामी असार मसान्तभित्र सबै कर्जाहरु फछ्र्यौट गर्न अप्ठेरो हुने अनुरोध भई आएकाले कम्पनीहरुबाट प्रवाह भएका नगद कर्जाहरुमध्ये कुन कर्जा कति समय अवधिमा फछ्र्यौट गर्ने हो त्यसका लागि आवश्यक व्यवस्था मिलाउन बिमा कम्पनीहरुलाई निर्देशन समेत भइसकेका समितिले जनाएको छ ।

60c8a3e8a9f51.jpg 60c8a3f73ee2f.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।