Like us!
Follow us!

लाभांश पारित गर्न नेपाल एग्रो लघुवित्तले डाक्यो वार्षिक सभा, बुकक्लोज कहिले ?

लाभांश पारित गर्न नेपाल एग्रो लघुवित्तले डाक्यो वार्षिक सभा, बुकक्लोज कहिले ?

लगानी खबर, काठमाडौं - नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडले पाँचौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको जेठ ३० गते बसेको संचालक समितिको बैठकले  गरेको निर्णयानुसार उक्त सभा सिटिस्क्वेयर प्रालि न्यूरोड पोखरामा बिहान ९ बजे नै सुरु हुनेछ । 

सभाले, आर्थिक वर्ष २०७६–७७ को नाफाबाट १४% बोनस र कर प्रयोजनको लागि ०.७३% नगद लाभांश दिने प्रस्ताव पारीत प्रस्ताव गर्नेछ । 

त्यसैगरी, नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडलाई इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले गर्ने प्राप्तीका सम्वन्धमा सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने प्रतिवेदन उपर
छलफल गरी पारीत गरिनेछ ।

प्राप्तिपश्चात सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा तय भएको नेपाल एग्रो लघुवित्तको एक सय कित्ता सयर बराबर इन्फिनिटी लघुवित्तको ९८ कित्ता सेयर अर्थात् १:०.९८ सेयर स्वाप रेसियोमा प्राप्ति प्रक्रिया सम्पन्न गर्ने कार्यलाई अन्तिम स्वीकृति दिनेछ । 

प्राप्तिपछि जारी पुँजी, चुक्ता पुँजी र सोही अनुसार सेयर संरचना परिवर्तन हुने भएकाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश हुनेछ । प्राप्तिपछि इन्फिनिटीको नामबाट कारोबार हुनेछ । 

यसका साथै, सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आ.व.२०७६/०७७ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०७७ आषाढ मसान्तसम्मको वासलात, आ.व. २०७६/०७७ को नाफा नोक्सान हिसाव, सोही अवधिको नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन सम्वन्धी विवरण र सम्वन्धित अनुसूचीहरु उपर छलफल गरी पारित गरिनुका साथै  आ.व. २०७७/७८ को लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक पनि निर्धारण गरिनेछ ।

त्यस्तै, संस्थापक तर्फबाट ४ जना सञ्चालकहरुको निर्वाचन गरिनेछ ।संस्थाले वार्षिक साधारणसभा प्रयोजनको लागि असार ८ गते देखी असार २१ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ ।
हाल यस नेपाल एग्रो लघुवित्त वित्तीय संस्थालाई इन्फिनीटी लघुवित्त वित्तीय संस्थाले प्राप्ती गर्ने प्रकृयामा रहेको हुँदा सेयर कारोबार रोक्का रहेको छ ।

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस् :- 

60c85a2a28676.JPG 60c85a374453c.JPG 60c85a5d96609.JPG 60c85a748ce25.JPG 60c85a8bb144f.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।