Like us!
Follow us!

आईपीओ निष्काशन गर्न युनियन लाइफ इन्स्योरेन्सले दियाे बोर्डमा निवेदन

आईपीओ निष्काशन गर्न युनियन लाइफ इन्स्योरेन्सले दियाे बोर्डमा निवेदन

लगानी खबर, काठमाडौं -  युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्काशनको अनुमति माग्दै नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ ।

कम्पनीले ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ निष्काशनको अनुमति माग्दै जेठ ९ गते सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीले २ अर्ब १५ करोड रुपैयाँ चुक्ता पुँजीमा सर्वसाधारण समूहका लागि छुट्याइएको ३० प्रतिशतको दरले हुने जम्मा ६४ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीको आईपीओलाई रेटिङ्ग एजेन्सी इक्रा नेपाल ‘इक्राएनपि आइआर ट्रिपल बि’ रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको प्राथमिक सेयरमा गरिएको लगानी मध्यम किसिमको सुरक्षा रहेको र समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने रहेको जनाउँछ ।
 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।