Like us!
Follow us!

आईपीओ निष्काशनको अनुमति माग्दै सानिमा लाइफ इन्स्योरेन्स बोर्ड पुग्यो

आईपीओ निष्काशनको अनुमति माग्दै सानिमा लाइफ इन्स्योरेन्स बोर्ड पुग्यो

लगानी खबर, काठमाडौं - सानिमा लाइफ इन्स्योरेन्सले साधारण सेयर (आईपीओ) निष्काशनको अनुमति माग्दै नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन  पेश गरेको छ ।

कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्काशन अनुमति माग्दै जेठ ९ गते सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीको जारी पुँजी २ अर्ब रुपैयाँको ३० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो ।

केयर रेटिङ नेपालले उक्त कम्पनीलाई केयर एनपी ट्रिपल बी मानस रेटिङ प्रदान गरेको छ ।  यसले कम्पनीको आधारभूत अवस्था मध्यम रहेको संकेत गर्दछ । साथै, कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको भन्ने पनि जनाउँछ ।

हाल एक अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको इन्स्योरेन्सको आईपीओ निष्काशन २ अर्ब रुपैयाँ पुग्नेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।