Like us!
Follow us!

नेपाल हाइड्रो डेभलपरको नाफासँगै ईपीएस पनि घट्यो, अन्य सूचक कस्ता छन् ?

नेपाल हाइड्रो डेभलपरको नाफासँगै ईपीएस पनि घट्यो, अन्य सूचक कस्ता छन् ?

लगानी खबर काठमाडौं - नेपाल हाइड्रो डेभलपर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीको नाफामा ६५.०३ प्रतिशतले गिरावट आएको छ। गत वर्ष सोहि अवधिमा ३ करोड २२ लाख नाफा आर्जन गरेकोमा कम्पनीको नाफा घटेर चैत मसान्तसम्ममा १ करोड १२ लाख रुपैयाँमा सीमित भएको छ।

सो अवधिमा कम्पनीको सञ्चालन मुनाफा पनि २ करोड ७३ लाख रुपैयाँले घटेर ४ करोड ९१ लाख रुपैयाँमा सीमित भएको छ। गत वर्ष यही अवधिमा यस्तो मुनाफा ७ करोड ६४ लाख रुपैयाँ रहेको थियो। 

चैत मसान्तसम्म कम्पनीले विद्युत बिक्रीबाट ६ करोड ३ लाख रुपैयाँम आम्दानी गरेको छ । गत वर्षको सोहि अवधिको तुलनामा यस्तो आम्दानी ३०.५८ प्रतिशतले घटेको हो । गत वर्ष यही अवधिमा ८ करोड ६९ लाख रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेको थियो। कम्पनीको अन्य आम्दानी भने १ लाख १३ हजार रुपैयाँबाट बढेर ३ लाख ४४ हजार रुपैयाँ भएको छ।  

हाल चुक्ता पूँजी २९ करोड ९० लाख रुपैयाँ कम्पनीको जगेडा कोषमा १ करोड ९५ लाख रुपैयाँमा रहेको छ । त्यसैगरी, प्रतिसेयर आम्दानी (ईपीएस) घटेर ५.०२ रुपैयाँमा झरेको छ। गत वर्ष यही अवधिमा ईपीएस १२.३९ रुपैयाँ रहेको थियो। कम्पनीको प्रतिसेयर नेटवर्थ १०६.५३ रुपैयाँ रहेको छ। 

कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण यसप्रकार रहेको छ:-

60c8116541cdc.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।