लगानी खबर काठमाडौं - नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले जीवन विकास लघुवित्तलाई प्राथमिक साधारण सेयर(आईपीओ) निष्काशनको अनुमति प्रदान गरेको छ ।
बोर्डको जेठ ३० गतेको निर्णय अनुसार संस्थालाई आईपिओ निष्काशनको अनुमति प्रदान गरेको हो । संस्थाले गत फागुन १७ गते आईपिओ निष्काशनको अनुमति माग गर्दै सेबोनमा निवेदन पेश गरेको थियो ।
संस्थाले १९ करोड ७७ लाख ३० हजार रूपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता प्राथमिक साधारण सेयर (आईपीओ) निष्काशनका लागि अनुमति पाएको हो । संस्थाको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ । कम्पनीले जम्मा पुँजीको ३२.५० प्रतिशत आईपिओ निष्काशन गर्न लागेको हो ।
संस्थाको आईपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा आइआर बीबीबी माइनस’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
हाल चुक्ता पुँजी ४१ करोड ६ लाख ७० हजार रुपैयाँ रहेको संस्थाको जगेडा कोषमा १ अर्ब १८ करोड ३९ लाख रुपैयाँ रहेको छ । आईपिओ निष्काशनपछि संस्थाको चुक्ता पुँजी ६० करोड ३७ लाख ४० हजार रुपैयाँ पुग्ने छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।