Like us!
Follow us!

दिनहुँ नयाँ कीर्तिमानीतर्फ सेयर बजार, कारोबार रकममा पनि उस्तै उछाल

दिनहुँ नयाँ कीर्तिमानीतर्फ सेयर बजार, कारोबार रकममा पनि उस्तै उछाल

लगानी खबर, काठमाडौं - पछिल्लो समय नेपाली सेयर बजारले दिनहुँ नयाँ कीर्तिमानी राख्न थालेको छ । आइतबार मात्र सर्वाधिक रेकर्ड राखेको बजारले आज (सोमबार) पनि त्यसलाई निरन्तरता दिएको छ । कोरोना संक्रमण जोखिमको न्यूनीकरण र नियन्त्रणका लागि भन्दै काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ । निषेधाज्ञाका कारण अन्य क्षेत्र ठप्प हुँदा सेयर बजारले भने दिनहुँजसो नयाँ कीर्तिमानी रचिरहेको छ । ३/४ अर्बमा सिमित हुने कारोबार रकम बढेर २० अर्बको हाराहारीमा पुगेको छ भने नेप्से परिसूचक पनि १२/१३ सयबाट बढेर ३ हजारको बिन्दुमा पुगेको छ  ।

निषेधाज्ञाका कारण अन्यन्त्र लगानीको बाटो बन्द हुँदा अधिकांश नयाँ लगानीकर्ताहरु सेयर बजारमा प्रवेश गरेका छन् । जसको कारण सेयर बजारमा दिनहुँ उछाल आइरह्हेको छ ।

साताकाे दोस्रो काराेबार दिन आज (सोमबार) सेयर बजारले पनि नयाँ रेकर्ड राखेको छ । 

नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ४२.७२ अंकले बढेर ३०२५.८३ बिन्दुमा पुगेको छ । यो बिन्दु बजार बन्द हुँदाको हालसम्मकै उच्च विन्दु हाे । आज नेप्से १.४३ प्रतिशतले बढेको हो ।

यसअघि हिजो आइतबार मात्रै नेप्से परिसूचक ३८.३२ अंकले बढेर २९८३.११ बिन्दुमा पुगेर नयाँ रेकर्ड राखेको थियो । आज ३ हजारको बिन्दु पार गरी नेप्सेले नेपाली इतिहासमै नयन रेकर्ड राखेको हो वि । यता, सेन्सेटिभ परिसूचक १०.६० अंकले बढेर ५५०.०१ बिन्दुमा पुगेको छ  ।

 कूल २२१ कम्पनीको ३ करोड ५० लाख २७ हजार ३६३ कित्ता सेयर खरिदबिक्री हुँदा १८ अर्ब ८८ करोड ४० लाख ३१ हजार ५१९ रुपैयाँको कारोबार भएको छ । हिजो आइतबार बजारमा १९ अर्ब ५५ करोड १ लाख ६६ हजार ६३६ रुपैयाँ बराबरको कारोबार नयाँ रेकर्ड बनाएकाे थियाे । पछिल्लो समय कारोबार रकममा पनि उछाल आउन थालेको छ ।

आज कूल १३ वटा उपसमूहमध्ये ७ वटा उपसमूहको सेयर बढेको छ भने बाँकी ६ वटा उपसमूहको सेयर घटेको छ । आज होटल एण्ड पर्यटन समूहमा लगानीकर्ता आकर्षित भएका छन् ।

आइतबार ४ वटा कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । 

आज आइसीएफसी फाइनान्स, कर्णाली डेभलपमेन्ट बैंक, श्री इन्भेष्टमेन्ट फाइनान्स, र सिन्धु विकास बैंकको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो।

त्यसैगरी, हिमालयन पावर पार्टनर, मितेरी डेभलपमेन्ट बैंक, रिलायन्स फाइनान्स, घलेम्दी हाइड्रो, सीईडीबी हाइड्रोपावर र नेशनल हाइड्रो पावरको सेयर पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

यता, नेपाल इन्स्योरेन्स कम्पनी, ग्लोबल आईएमई लघुवित्त, युनाइटेड इदी मर्दी हाइड्रोपावर, मिर्मिरे लघुवित्त, सनराइज ब्लुचिप फण्ड, लुम्बिनी जनरल इन्स्योरेन्स, समिट लघुवित्त र गुराँस लघुवित्तको सेयरमूल्यमा सबैभन्दा धेरै गिरावट आएको छ ।

त्यसैगरी, आज अरुण भ्याली हाइड्रोपावर, लुम्बिनी विकास बैंक, नेशनल हाइड्रोपावर, नेपाल पुनर्बीमा कम्पनी, ज्योति विकास बैंक, अरुण कावेली पावर, रसुवागढी हाइड्रोपावर, युनाइटेड मोदी हाइड्रोपावर, गरिमा विकास बैंक र अपि पावर कम्पनीको सर्वाधिक कारोबार भएको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।