Like us!
Follow us!

इन्फिनिटी लघुवित्तले नेपाल एग्रोलाई प्राप्ति गर्ने, स्वाप रेसियो कति ?

इन्फिनिटी लघुवित्तले नेपाल एग्रोलाई प्राप्ति गर्ने, स्वाप रेसियो कति ?

लगानी खबर, काठमाडौं - इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड विशेष साधारण सभा आह्वान गरेको छ ।  संस्थाको जेठ ३० गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा असर २१ गते सोमबार संस्थाको केन्द्रीय कार्यालय, कालिगण्डकी चोक, गैंडाकोट नवलपुरमा बिहान ९ बजे सुरु हुनेछ ।

सभामा इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्ने सम्बन्धि विशेष प्रस्ताव पारित गरिनेछ ।
 
सभाले, प्ति पश्चात सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा तय भएको नेपाल एग्रो लघुवित्तको एक सय कित्ता सयर बराबर इन्फिनिटी लघुवित्तको ९८ कित्ता सेयर अर्थात् १:०.९८ सेयर स्वाप रेसियोमा प्राप्ति प्रक्रिया सम्पन्न गर्ने कार्यलाई अन्तिम स्वीकृति दिनेछ । 

प्राप्तिपछि जारी पुँजी, चुक्ता पुँजी र सोही अनुसार सेयर संरचना परिवर्तन हुने भएकाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश हुनेछ । प्राप्तिपछि इन्फिनिटीको नामबाट कारोबार हुनेछ । 

संस्थाले साधारण सभा प्रयोजनका लागि असार ८ गते बुक क्लोज गर्दैछ । त्यसैले असर ७ गतेसम्म नेप्सेमा कायम भई कारोबार गर्ने सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् । 

त्यसैगरी, नेपाल एग्रो नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि सोहि दिन वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सभा सिटिस्क्वेयर प्रालि न्यूरोड पोखरामा बिहान ९ बजे नै सुरु हुनेछ । 

कम्पनीले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट १४% बोनस र कर प्रयोजनको लागि ०.७३% नगद लाभांश दिने प्रस्ताव गरेको छ । सभाले सो प्रस्ताव पारित गर्ने । एक्विजिसन प्रक्रियाका कारण हाल नेपाल एग्रोको सेयर कारोबार रोक्का छ ।

60c6f89dbd259.JPG 60c6f8a950168.JPG 60c6f8ba29ec5.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।