Like us!
Follow us!

प्रुडेन्सियल इन्स्योरेन्सको स्थगित साधारण सभा असार ६ गते हुँदै

प्रुडेन्सियल इन्स्योरेन्सको स्थगित साधारण सभा असार ६ गते हुँदै

लगानी खबर, काठमाडौं - प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको यसअघि स्थगित भएकाे  उन्नाइसौं वार्षिक साधारण सभा असार ६ गते बोलाएको छ ।  

कम्पनीले स्थगित सभा असार ६ गते, आइतबार हाेटल इच्छा प्राइभेट लिमिटेड सिमरा, बारामा गर्न लागिएको जानकारी दिएको छ ।

यसअघि जेठ २ गते आइतबारका लागि तय भएको कम्पनीको सभा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण काठमाडौं लगायत अन्य स्थानमा गरिएको निषेधाज्ञा जारी भएको कारण उक्त सभा स्थगित गरिएको थियाे ।

सभामा कम्पनीले हाल कायम चुक्ता चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र त्यस प्रयोजनको लागि ०.४२ प्रतिशत गरी कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी, कम्पनीले सभामा प्रस्तावित बोनस सेयर पश्चात कायम हुने चुक्ता पूँजीमा संस्थापक शेयरधनीहरुको स्वामित्व ६० प्रतिशतबाट ५१ प्रतिशत र सर्वसाधारण शेयरधनीहरुको स्वामित्व ४० प्रतिशतबाट ४९ प्रतिशत पुर्याउने प्रस्ताव पारित गर्दैछ।

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस् :- 

60c6ef6d23612.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।