Like us!
Follow us!

खानी खोला हाइड्रोपावरको कारोबार फुकुवा

खानी खोला हाइड्रोपावरको कारोबार फुकुवा

लगानी खबर, काठमाडौं - खानी खोला हाइड्रोपावरको धितोपत्रको दोस्रो बजार कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले कम्पनीलाई सचेत गराउँदै आजबाट दोस्रो बजारमा बारोबार गर्न पाउने गरि कारोबार फुकुवा गरेको गरेको हो ।                                                            
यसअघि कम्पनीले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ (१) (क) मा भएको व्यवस्था बमोजिम वित्तीय विवरणहरू पेश गरेको नपाइएको भन्दै धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम १६ (१) (घ) मा भएको व्यवस्था बमोजिम जेठ २० गते, बिहीबारबाट दोस्रो बजार कारोबार रोक्का गरिएको थियो । 

कम्पनीले जेठ २६ गते लगानीकर्ता र सरोकारवालाहरुले अध्ययन गर्न मिल्ने गरि वित्तिय विवरणहरु अपलोड गरी रोक्का कारोबार फुकुवाका लागि नेप्सेमा निवेदन दिएकोले अब आगामी दिनमा समयमै अपलोड गर्न सचेत गराउँदै  धितोपत्र विनियमावली २०७५ को विनियम १६(४) को व्यवस्था बमोजिम कारोबार फुकुवा गरिएको नेप्सेले जनाएको छ । 
नेप्सेले प्रकाशन गरेको सूचना हेर्नुहोस् :- 

60c6eb6fb683b.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।