Like us!
Follow us!

युनियन हाइड्रोपावरले डाक्यो संयुक्त सभा, के-के छन् एजेण्डा ?

युनियन हाइड्रोपावरले डाक्यो संयुक्त सभा, के-के छन् एजेण्डा ?

लगानी खबर, काठमाडौं - युनियन हाइड्रोपावर कम्पनी लिमिटेडले एकैपटक २ वर्षको वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।  कम्पनीले १३औँ र १४औँ वार्षिक साधारण सभा असार २५ गते बस्ने गरी बोलाएको हो  ।

कम्पनीकाे जेठ २३ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा असार २५ गते, लिलतपुर-३ धाेबिघाटस्थित कम्पनीकाे रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि सुरू हुनेछ । 

सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक ताेक्ने लगायतका एजेण्डाहरूमाथि छलफल गरी पारित गरिनेछ ।

कम्पनीकाे चाैधाैँ वार्षिक साधारण सभाबाट सञ्चालकहरूकाे निर्वाचन गरी नयाँ सञ्चालक समिति गठन गर्ने प्रस्ताव रहेकाे छ । कम्पनीकाे नियमावली संशाेधन गर्ने पनि सभाकाे विशेष प्रस्ताव रहेकाे छ ।

त्यसैगरी, कम्पनीले साधारण सभा प्रयाेजनका लागि असार १५ गतेदेखि असार २५ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, असार १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले प्रकाशन गरेकाे सूचना हेर्नुहोस्:

60c6bbc0af2d4.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।