Like us!
Follow us!

उपत्यकामा निषेधाज्ञा एक साता थप गरिने, मोडालिटी भने परिवर्तन

उपत्यकामा निषेधाज्ञा एक साता थप गरिने, मोडालिटी भने परिवर्तन

लगानी खबर, काठमाडौं - काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थपिने भएको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले आज (आइतबार) बसेको बैठकले जारी निषेधाज्ञा एक साता थप गर्ने निर्णय गरेका हुन् ।

काठमाडौं उपत्यकाका वैशाख १६ बाट जारी निषेधाज्ञा पछिल्लो पटक जेठ ३१ सम्म लम्ब्याउने निर्णय गरिएको थियो । अब थपिने निषेधाज्ञाको मोडालिटी परिवर्तन गरिने निर्णय भएको छ । 

काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा थप गर्ने निर्णय गर्दै मोडालिटी पनि परिवर्तन गरेका हुन्।​  ​अब होटल रेष्टुरेन्टले अब ‘टेक अवे’ सेवा शुरु गर्न पाउने भएका छन् । अनलाईन मार्फत अर्डर लिएर विहान ७ बजेदेखि टेक अवे सेवा दिन पाउने निर्णय गरिएको हो । त्यस्तै, निर्माण सामाग्रीको पसल समेत अपरान्ह ४ बजेसम्म खोल्न दिने निर्णय गरिएको छ ।

त्यसैगरी, खाद्यान्न, डिपार्टमेन्ट स्टोर र फलफुल पसल विहान ११ बजेसम्म खोल्न दिने निर्णय गरिएको छ । यसअघि किराना र डिपार्टमेन्ट स्टोर यसअघि बिहान ९ बजेसम्म मात्र खोल्न पाइन्थ्यो । सार्वजनिक निर्माणमा प्रयोग हुने निर्माण सामग्री रातको समयमा मात्र ढुवानी गर्न पाइनेछ ।

निषेधाज्ञाबारे निर्णय लिने बैठकमा काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुली, भक्तपुरका प्रजिअ प्रेम प्रसाद भट्टराई र ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला सहभागी थिए ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।