Like us!
Follow us!

मिर्मिरे लघुवित्तको निमित्त सीइओमा न्यौपाने नियुक्त

मिर्मिरे लघुवित्तको निमित्त सीइओमा न्यौपाने नियुक्त

लगानी खबर, काठमाडौं - मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडका निमित्त प्रमुख कार्यकारी अधिकृतमा राजेन्द्र प्रसाद न्यौपाने नियुक्त भएका छन् ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीइओ) कुमार याक्साेले पदबाट स्वेच्छिक अवकाशकाे लागि राजिनामा दिएपछि न्यौपानेलाई निमित्त प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो । 

संस्थाकाे जेठ २९ गते, शनिबार बसेकाे सञ्चालक समितिकाे बैठकले याक्सोको राजिनामा असार १ गतेदेखि लागू हुनेगरी स्वीकृत गर्दै न्यौपानेलाई असार सोहि मितिदेखि लागू हुनेगरी निमित्त प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । 

उनले नेपाल राष्ट्र बैंकबाट जारी भएका नीति निर्देशन, अन्य नियमनकारी निकायका निती नियमकाे परिधिभित्र रही दैनिक आर्थिक तथा प्रशासनिक कार्यहरू सञ्चालन गर्नेछन् ।

60c5b96d73e98.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।