Like us!
Follow us!

एचआईडीसीएलको सेयर मूल्यमा सकारात्मक सर्किट

एचआईडीसीएलको सेयर मूल्यमा सकारात्मक सर्किट

आज (आइतबार) धितोपत्रको दोस्रोबजार कारोबारमा हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको सेयर मूल्यमा सकारात्कम सर्किट लागेको छ । 

आज कारोबारको प्रारम्भमै कम्पनीको सेयर मूल्य ९.९१ प्रतिशतले बृद्धि भएर ३७७ रुपैयाँ प्रतिकित्ता पुगेको नेप्सेले जनाएको छ । कम्पनीको सेयर मूल्य बृद्धिसंगै दोस्रोबजारमा कम्पनीको सेयरको माग पनि उच्च देखिएको छ । 

कम्पनीको १०० प्रतिशत हकप्रद सेयर पछि नेप्सेले शुक्रबार प्रतिकित्ता ३ सय ४३ रूपैयाँ कायम हुने गरी सेयर मूल्य समायोजन गरेको थियो । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य ५ सय ८६ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

कम्पनीले १ः१ अर्थात् १ बारबार १ को अनुपातमा १०० रुपैयाँ अंकित दरमा ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डबाट जेठ ९ गते, आइतबार  अनुमति पाएको थियो । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।