Like us!
Follow us!

पाँच पूर्वप्रधानमन्त्रीको आरोप : ओलीले अदालतलाई धम्क्याए

पाँच पूर्वप्रधानमन्त्रीको आरोप : ओलीले अदालतलाई धम्क्याए

लगानी खबर, काठमाडौं- पाँच पूर्वप्रधानमन्त्रीहरुले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले अनिश्चय र अस्थिरताको खेती गरेको आरोप लगाएका छन्।
पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल  ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराईले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीबाट स्वार्थी सत्ता राजनीति, अन्योल, अनिश्चिय र अस्थिरताको खेती गरेको आरोप लगाएका हुन्।

उनीहरुले सत्ता स्वार्थमा लिप्त भएर राज्ययन्त्र, सरकारी साधन र स्रोतको व्यापक दुरुपयोग गरेको पनि बताएका छन्। उनीहरुले संविधानसभाबाट जारी नेपालको संविधान संसोधन गर्ने  भनी राष्ट्रिय सहमति नगरी अत्यन्त संवेदनशील विषयमा स्वेच्छाचारी किसिमले कार्यदल गठन गर्ने, मन्त्रिपरिषद्को मनपरी किसिमले पटकपटक विस्तार गर्ने र नेपालको राजनीतिक इतिहासमा कहिल्यै नभएको सत्तालिप्साको कुरुप स्वरुप प्रदर्शन गर्ने गरेको उल्लेख गर्दै सर्वोच्च अदालतलाई समेत धम्क्याएको जनाएका छन्। आजको नागरिक दैनिकमा समाचार छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।