Like us!
Follow us!

स्पर्स लघुवित्तका सेयरधनीहरूलाई जरुरी सूचना !

स्पर्स लघुवित्तका सेयरधनीहरूलाई जरुरी सूचना !

लगानी खबर, काठमाडौं - स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे नामबाट जारी भएकाे सेयरहरू रद्द गरी ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडकाे नामबाट अभाैतिक रूपमा हितग्राही खातामा पठाएको छ । 
संस्थाले एक सूचना प्रकाशन गर्दै उक्त सेयर जेठ २८ गते हितग्राही खातामा पठाइएकाे जानकारी दिएकाे हाे ।

साविकका स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीहरूकाे खातामा कुनै कारणवश सेयर जम्मा नभएकाे भए कम्पनीकाे सेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड, नक्साल, काठमाडाैँमा  सम्पर्क गर्न सक्नेछन् ।

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडलाई १:०.९० अनुपात अर्थात् स्पर्श लघुवित्तको १०० कित्ता सेयर बराबर ग्लोबल आइएमई लघुवित्तको ९० कित्ता सेयर प्राप्ति गरी वैशाख ८ गते बुधबारबाट एकीकृत कारोबार थालिसकेकाे छ ।

नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ बमोजिम चैत्र १० गतेकाे स्वीकृती र कम्पनी रजिष्ट्रार कार्यालयकाे चैत्र २७ गतेकाे स्वीकृती मुताविक साविक स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेड ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडमा समाहित भई ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडकाे नामबाट वैशाख ८ गते बुधबारबाट एकीकृत कारोबार सुरू भएकाे हाे ।

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस् :-

60c47dbed0746.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।