Like us!
Follow us!

सीईडीबी हाइड्रोपावरका संस्थापक र कर्मचारीले ३ वर्षसम्म सेयर बिक्री गर्न नपाउने

सीईडीबी हाइड्रोपावरका संस्थापक र कर्मचारीले ३ वर्षसम्म सेयर बिक्री गर्न नपाउने

लगानी खबर, काठमाडौं - सीईडीबी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीका संस्थापक र कर्मचारीले आगामी तीन वर्षसम्म सेयर विक्री गर्न नपाउने भएका छन् ।

नेपाल धितोपत्र बोर्डको निर्देशिका धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ बमोजिम निष्काशन गरिएको धितोपत्र बाहेक अन्य समूहको सेयर कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेर बाँडफाँट भएको मितिले तीन वर्षे अवधि पुरा नभई बिक्री गर्न पाइनेछैन । 

कम्पनीले गत वैशाख ३१ गते  आईपीओ बाँडफाँट गरेको थियो  । सोही आधारमा कर्मचारी र संस्थापक समूहको सेयर आगामी विसं २०८१ वैशाख ३० गतेसम्म लकिङ भएको छ ।
कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

60c3143611b57.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।