Like us!
Follow us!

आइएमई जनरल इन्स्योरेन्सले हकप्रद निष्काशनका लागि कसलाई चुन्यो बिक्री प्रबन्धक ?

आइएमई जनरल इन्स्योरेन्सले हकप्रद निष्काशनका लागि कसलाई चुन्यो बिक्री प्रबन्धक ?

लगानी खबर, काठमाडौं - आइएमई जनरल इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर निष्काशन गर्नका लागि बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ । 

कम्पनीले गत वैशाख १२ गते सम्पन्न वार्षिक साधारण सभाबाट ७ प्रतिशत बोनस सेयर वितरणपछि कायम चुक्तापूँजीको ४० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो । 

बोनस सेयर वितरणपछि कम्पनीको चुक्तापूँजी १ अर्ब १५ करोड ७५ लाख रुपैयाँ पुगेको छ । कम्पनीले सोही पूँजीको आधारमा ४० प्रतिशत हकप्रद सेयर निष्काशन गर्नेछ ।

कम्पनीलाई हकप्रद सेयर जारी गर्न बीमा समितिले अनुमति पाइसकेको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।