Like us!
Follow us!

लाइफ इन्स्योरेन्स कर्पोरेशनको बोनस सेयरधनीको हितग्राही खातामा

लाइफ इन्स्योरेन्स कर्पोरेशनको बोनस सेयरधनीको हितग्राही खातामा

लगानी खबर, काठमाडौं - लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको बोनस सेयर सेयरधनीको हितग्राही खातामा जम्मा भएको छ  ।

कम्पनीले १० प्रतिशत बोनस सेयर जेठ २६ गते जम्मा गरिएको जनाएको छ । कम्पनीको गत फागुन २५ गते सम्पन्न १८औं साधारण सभाबाट पारित १० प्रतिशत बोनस सेयर जेठ २५ गते नेप्सेमा सूचिकृत भइरहेको छ ।

तोकिएको मितिमै सेयर अभौतिकीकरण गराएका सेयरधनीको हितग्राही खातामा उक्त बोनस शेयर जम्मा गरिदिएको हो । कम्पनीको सेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । 

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस् :-

60c2e280bb17a.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।